• TOKHA LIVE

      TOKHA LIVE

    • १५ मंसिर २०८२, आईतवार २०:४५

    एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजको पाँच विकेटको जित

     

    काठमाडौँ, १४ मङ्सिर /नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ।

    कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। काठमाडौँका लागि गेरहार्ड इरास्मस अविजित ४३ रनसहित शीर्ष स्कोरर रहे। जोन सिम्पसनले ४१ तथा वेन चाल्सवर्थले ३४ रन जोडे। कर्णालीका नन्दन यादवले तीन विकेट लिए भने पवन सराफले एक विकेट हात पारे।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कर्णालीका गुल्शन झाले सर्वाधिक ४९ रन बनाए। त्यस्तै पवन सराफले ३५ तथा मार्क वाटले ३० रन जोडे।

    बलिङतर्फ काठमाडौँका राशिद खानले दुई विकेट लिए।
    यो जितसँगै काठमाडौँ गोर्खाजले आठ अंक जोड्दै ‘प्लेअफ’ चरण नजिक पुगेको छ। कर्णाली याक्स भने लगातार चौथो खेलमा पराजित भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै