• TOKHA LIVE

    • ४ मंसिर २०८२, बुधबार १८:०९

    टोखामा ‘एएमआर’ बारे जनचेतना अभिवृद्धि कार्यक्रम हुने

     

    टोखा, काठमाडौं ३ कार्तिक /
    औषधिको दुरुपयोग र एण्टिबायोटिकको अत्यधिक प्रयोगका कारण विश्वमै एण्टिमाइक्रोबियल प्रतिरोध (AMR) गम्भीर स्वास्थ्य चुनौती बन्दै गएको छ। यही समस्याप्रति नागरिकमा सचेतना फैलाउन टोखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

    नगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचनाअनुसार विश्व AMR सचेतना सप्ताह (WAAW) को अवसरमा आगामी मङ्सिर ४ गते, विहीबार टोखा नगरपालिका हलमा कार्यक्रम हुने छ। कार्यक्रममा नगरभित्रका सबै फार्मेसी तथा फार्मासिस्टहरूलाई उपस्थित रहन अनुरोध गरिएको छ।

    स्वास्थ्य शाखाका अनुसार, औषधि वितरण, प्रयोग तथा परामर्श दिने प्रक्रियामा फार्मेसी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भएकाले उनीहरूको सक्रिय सहभागिताले यस अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास नगरपालिकाले लिएको छ। कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ।

    नगरपालिकाले सबैलाई जिम्मेवारीपूर्वक सहभागी भई समुदायमा सही औषधि प्रयोगका लागि उदाहरण बन्न आग्रह गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै