• TOKHA LIVE

    • ३ मंसिर २०८२, मंगलवार १४:०४

    अब प्यान लिन कतै धाउनुपर्दैन, आफ्नै मोबाइलबाट सम्भव

    काठमाडौँ, मंसिर १ ।
    अब व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय धाउने झन्झट समाप्त भएको छ। सरकारले प्यान प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्दै आफैँ घरमै बसेर प्यान लिन सकिने सुविधा सुरू गरेको छ।

    राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री रामेश्वर खनालले यो प्रणाली सार्वजनिक गरे। उनका अनुसार अब ४० लाख रूपैयाँसम्म आय गर्ने एकल व्यवसायी वा स्व–रोजगार व्यक्तिले अनलाइनमार्फतै कर बुझाएको प्रमाण पनि क्युआर कोड सहित डाउनलोड गर्न सक्नेछन्।

    सुविधा सुरू गर्दै मन्त्री खनालले नेपाललाई सुरक्षित र आकर्षक लगानीस्थल बनाउन आर्थिक नीति स्थिरता र विश्वसनीयता अत्यन्त जरुरी भएको उल्लेख गरे। उनका अनुसार अर्थ मन्त्रालयले प्रणाली सुधार र पारदर्शितामा जोड दिँदै पूर्वानुमानयोग्य कर–व्यवस्था निर्माण गर्न महत्वपूर्ण कदमहरू चालिरहेको छ।

    नयाँ प्रणालीसँगै करदाता र नागरिकलाई झन्झटमुक्त सेवा दिने सरकारको प्रयास अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै