• TOKHA LIVE

    • २६ कार्तिक २०८२, मंगलवार २०:३९

    नाम र जन्ममिति लगायत व्यक्तिगत विवरण सच्याउने बाटो खुल्यो

     

    काठमाडौं कार्तिक २५ । अब नागरिकले आफ्नो नाम, जन्ममिति, ठेगाना, विवाह दर्ता लगायत व्यक्तिगत घटनाका विवरण एकपटकका लागि सच्याउन पाउने भएका छन्।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेपछि यस्तो व्यवस्था कार्यान्वयनको मार्ग खुलेको हो।

    यसअघि सरकारले व्यक्तिगत घटना विवरण सच्याउन सकिने गरी ऐन बनाए पनि त्यसको कार्यान्वयनका लागि स्पष्ट प्रक्रिया नहुँदा समस्या आएको थियो। अब संशोधित नियमावलीले त्यसमा आवश्यक प्रष्टता र कार्यविधि निर्धारण गरेको छ।

    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीका अनुसार, “अब जसको नाम, ठेगाना, जन्मदर्ता, विवाह, मृत्यु वा सम्बन्ध विच्छेदका विवरणमा त्रुटि भएको छ, ती नागरिकले एकपटकका लागि सच्याउने सुविधा पाउनेछन्,” उनले भने।

    उनका अनुसार मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरिसकेकाले राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयन सुरु हुनेछ।

    नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक विवरण भएका नागरिकका लागि पनि यो निर्णय उपयोगी हुने बताइएको छ। व्यक्तिगत घटना विवरण दर्ता वा सच्याउने काम भने सम्बन्धित वडा कार्यालयमार्फतै हुने व्यवस्था यथावत् रहनेछ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै