टोखा, कात्तिक २१ / “रगत दान, जीवन दान” भन्ने सन्देशसहित भोलि टोखामा रक्तदान कार्यक्रम आयोजना हुँदैछ।
लायन्स क्लब अफ टोखा चाकु, लायन्स क्लब अफ टोखा काठमाडौं र लायन्स क्लब अफ काठमाडौं इन्द्रसरॊवरको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम टोखा–३ अगाडि बिहान ९ बजे सुरु हुनेछ।
कार्यक्रमलाई ग्रान्डी इन्टरनेशन हस्पिटल, टोखा वडा नं. ३ र टोखा सरस्वती स्वास्थ्य केन्द्रले सहकार्य गर्ने छन्।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ डि, एमडी ३२५ नेपाल अन्तर्गत सन् २०२५–२०२६ का लागि आयोजना गरिएको यो अभियानले “रगतको अभावले कसैको ज्यान जानु हुँदैन” भन्ने मानवीय भावनालाई टेवा पुर्याउने उद्देश्य लिएको आयोजकले जनाएका छन्।
रक्तदानमा स्थानीय युवादेखि वृद्धासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकहरूले रक्तदानलाई समाजसेवाको सबैभन्दा ठूलो योगदानका रूपमा व्याख्या गर्दै सबैलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रममा टाेखालाइभ, टोखा टाइम्स, लाइभ नेपाल र नागरिक पोस्ट मिडिया पार्टनरका रूपमा रहने छन्।

