• TOKHA LIVE

    • १९ कार्तिक २०८२, मंगलवार ०६:२०

    पूर्व स्वास्थ्यमन्त्री डा. रामचन्द्र अधिकारीको ८५औं जन्मदिन मनाइयो

    नविना श्रेष्ठ
    काठमाडौँ, १७ कात्तिक २०८२ /

    पूर्व स्वास्थ्यमन्त्री तथा विश्व हिन्दू महासङ्घका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको ८५औं जन्मदिन आज हर्षोल्लासपूर्वक मनाइएको छ।

    नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. अधिकारी राजनीतिसँगै समाजसेवा र धार्मिक क्रियाकलापमा पनि निरन्तर सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उच्च उमेरमा पनि उहाँको ऊर्जा र जाँगर प्रशंसनीय देखिन्छ।

    जन्मदिनको अवसरमा हरिहर भवनस्थित महादेव मन्दिरमा आयोजित कार्यक्रममा उच्चस्तरका राजनीतिक र सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा क्षेत्रीय सभापति, पूर्व अध्यक्ष, जनप्रतिनिधिहरू र शुभेच्छुकहरूले डा. अधिकारीलाई दीर्घायु र स्वास्थ्यकामनासहित सम्मान व्यक्त गरेका थिए।

    कार्यक्रममा विश्व हिन्दू महासङ्घका नगर अध्यक्ष कृष्ण विलास अधिकारीसहितका व्यक्तित्वहरूले डा. अधिकारीको दीर्घ योगदानको प्रशंसा गर्दै उहाँबाट प्रेरणा लिने उल्लेख गरेका थिए।

    डा. अधिकारीले आफूलाई साथ र आशीर्वाद दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि समाज र धर्मसेवामा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै