टोखा काठमाडौं १६ कार्तिक ।
टोखा खड्गी युवा समाजको पाँचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। समाजको नयाँ नेतृत्वमा धर्मेस खड्गी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्।
‘आफ्नो परिचय आफैं बनाऔँ’ भन्ने नारासहित गठन भएको यस समाजले सामाजिक, सांस्कृतिक र समुदायिक एकता सुदृढ पार्ने उद्देश्य लिएको जनाएको छ।
नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विष्णु ब. खड्गी, सचिवमा धबिन्द्र खड्गी, कोषाध्यक्षमा बुद्ध खड्गी, सह–सचिवमा सन्जु खड्गी तथा सह–कोषाध्यक्षमा लक्ष्मी नारायण खड्गी रहेका छन्।
त्यस्तै, सदस्यहरूमा श्यामकृष्ण खड्गी, ललिता खड्गी, सन्तलाल खड्गी, शारदा खड्गी र धर्मेन्द्र खड्गी चयन भएका छन्। समाजका सांस्कृतिक अध्यक्षका रूपमा पूर्ण ब. खड्गीले जिम्मेवारी सम्हाल्ने भएका छन्।
समाजले नयाँ नेतृत्वमार्फत टोखाको सामाजिक सद्भाव, युवा सहभागिता र परम्परागत सांस्कृतिक मूल्यलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

