काठमाडौँ, १५ कात्तिक / आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णु र तुलसीबीचको दिव्य विवाह गरी हरिबोधिनी एकादशी पर्व श्रद्धा र उल्लासका साथ मनाउँदै छन्। आसार शुक्ल एकादशीमा क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आज ब्यूँझने भएकाले यस दिनलाई हरि बोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ।
घरमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ, र तुलसीलाई भगवान् दामोदरसँग विवाह गरिन्छ। चार महिनादेखि रोकिएका माङ्गलिक कार्य आजदेखि पुनः शुभ मानिन्छन्।
तुलसीको धार्मिक र वैज्ञानिक दुवै महिमा रहेको छ। यसको सुगन्धले वातावरण पवित्र बनाउँछ, रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र घरमा शान्ति ल्याउँछ भन्ने विश्वास छ।
आज भक्तजनले अन्न त्यागी फलाहार गर्दै स्नान, जप, दान र हवनमार्फत भगवान् विष्णुको आराधना गर्छन्। गरुड पुराण अनुसार तुलसीपत्र अर्पण गर्दा हजारौँ गाई दान गरेबराबर पुण्य प्राप्त हुन्छ।
यस अवसरमा भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायणलगायत देशभरका नारायण मन्दिरहरूमा विशेष मेला लागेको छ। यसै सन्दर्भमा टाेखामा हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशी सम्म चार महिना चतुर्मास दाफा भजन र भजन राति पस्चिमा बाजा , खिं धोलक , ता, झ्याली , हार्मिनियम तबला बजाइ लोकलयमा आधारित थ्यासफु दाफा भजन ढोल बजाउँदै “ आरती नारायण शंखर याये। ” भन्ने नारा गुन्जिंदै श्रद्धा र भक्ति वातावरणमा भजन गाइन्छ। भनेहरिबोधिनी एकादशीको दिन बिहान तुलसी रोपि पुजा आरधना गरिन्छ र बेलुका आजैदेखी हलिबलीं प्रसाद स्कुलमा अन्नबाट विभिन्न देवदेविताको आकृती बनाएर पाँच दिन सम्म प्रत्येक दिन राती प्रदर्शन गरि प्रसाद बाढ्ने गरिन्छ।

