• TOKHA LIVE

    • ९ कार्तिक २०८२, शनिबार १९:४६

    प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखहरूको उच्चस्तरीय बैठक

    काठमाडौँ, ८ कात्तिक : मुलुकको वर्तमान सुरक्षा अवस्थाको समीक्षा तथा आवश्यक कदमबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशभरको सुरक्षा अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । हालका केही गतिविधि र सम्भावित प्रदर्शनका तयारीसम्बन्धी विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

    बैठकपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका तयारी गरेका जानकारी प्राप्त भएका छन् । तर, आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्।”

    उहाँले सरकार वार्ता र संवादको माध्यमबाट राजनीतिक विषयहरूको समाधान खोज्ने पक्षमा रहेको र संवादको ढोका सधैंँ खुला रहेको बताउनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै