• TOKHA LIVE

    • ६ कार्तिक २०८२, बुधबार २२:२७

    टाेखामा नेपाल संवत् ११४६ न्हुदंया भिन्तुना कार्यक्रम भव्य रूपमा सम्पन्न

     

    टाेखा, काठमाडौँ ५ असोज / नेवाः गुथि टाेखाको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा न्हुदँया भिन्तुना कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि विभिन्न सांस्कृतिक खलपुचहरु बाजागाजा सहित र्याली गरी भिन्तुना कार्यक्रम मनाइएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

    गत वर्ष सांस्कृतिककर्मी र टाेखाका डाक्टरहरुलाई सम्मान गरेको नेवाः गुथि टाेखाले यस वर्ष पनि ४० भन्दा बढी इन्जिनियरहरुलाई  सम्मान पत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको थियो। सम्मान पत्र प्रमुख अतिथि तथा टाेखा नगरका प्रशासकीय अधिकृत कमल भट्टराईले हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रममा टाेखा वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा ३ का अध्यक्ष रमेश डंगोल र प्रमुख अतिथि प्रकाश अधिकारीले छुट्टाछुट्टै सान्दर्भिक र समयसान्दर्भिक भनाइ राख्दै नेपाल संवत् ११४६ भिन्तुना र यसको सांस्कृतिक महत्वबारे उपस्थित सबैमा उत्सवको भावना जागृत गर्नुभयो।यसरी नेवाः गुथि टाेखाले परम्परा, सांस्कृतिक गौरव र मेलमिलापको सन्देशलाई जीवित राख्दै नेपाल संवत् उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्‍र्यो।

    नेपाल संवत् ११४६ नयाँ वर्षको भिंतुना समारोहमा टोखाका इन्जिनियरहरुलाई सिंगो टोखाको तर्फबाट कदर- पत्र सहित सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रकाश  अधिकारीले भन्नूभयो हाम्रा संस्कृतिको संरक्षणका लागि दिनरात लागि परेको बताउनुभयो। अब संस्कृतिलाई आम्दानीको क्षेत्र बनाउन नसके विस्तारै लोप हुँदै जाने छन् ।संस्कृतिकर्मीहरुको रोजगारीको पाटो बनाउन स्थानीय, संघीय र केन्द्रीय सरकार एक जुत भएर आवश्यक नीति नियम बनाएर अगाडि बढ्न आवश्यक छ । ‘ बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन भएको प्रमुख अतिथि प्रकाश अधिकारीले बताउनु भयो।

    त्यस्तै, कार्यक्रममा विशेष अतिथि टाेखा नगरप्रमुख प्रकाश अधिकारले ले ‘टोखाको संस्कृति, सम्पदाहरुको उत्थान तथा विकासका लागि आवश्यक गृहकार्य भईरहेको बताउदै आफ्नो क्षेत्रको विकासका लागि आफुहरु लागि  परेको बताए ।

    टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले नयाँ वर्षको शुभकामना दिदै स्थानीय तथा मातृभाषाको विकासका लागि टोखा २-३ साविक (टोखा चण्डेश्वरी र सरस्वती गाविस) वडाका विद्यालयमा नेपालभाषाको पठन पाठन शुरु गरेको बताए । ऐतिहासिक सहर टोखाको सवाङ्गिण विकासका लागि टोखा नगरपालिकाले सक्दो कार्य गरी रहेको समेत उनले बताए । नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भिंतुना शुभकामना र्यालिमा सहभागि संघसंस्था तथा अतिथिहरुलाई समय्बजी भोजमा  स्वागत गर्नुभएको थियोे ।

    ‘देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवतलाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवतको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवतका सम्बन्धमा आवश्यक नीति बनाउन, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यअन्ततः सफल भएको छ। यसकार्यमा पछिल्लो समय प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने पहलकर्मिहरुलाइ विशेष धन्यवाद दिदै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यन्वयन भएको थियो ।

    देशकै नामबाट प्रचलनमा रहेको नेपालको एक मात्र मौलिक संवत नेपाल संवतको नयाँ वर्ष ११४४ विभिन्न कार्यक्रम गरी टोखामा मनाइएको हो । नेवाः गुथि टोखाको आयोजनामा नयाँ वर्षलाई भव्य स्वागत गरी नयाँ वर्षको खुसीयालीमा आज टोखामा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली निकालिएको हो । टोखाको ससुख्य (सरस्वती चौर)मा भेला भई मौलिक बाजागाज र भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्याली टोखा नगर परिक्रमा पश्चातपुनः सरस्वती मब्दिर पुगि सांस्कृतिक सभामा परिणत भएको हो ।कार्यक्रममा टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल , टाेखा नगरपालिका पुर्व उपमेयर ज्ञानमाया डंगोल ,टाेखा सरस्वती उच्च माविका अध्यक्ष गजराज श्रेष्ठ ,टाेखा नगरपालिका वडा २ का पुर्व अध्यक्ष दिपक राज जोशी,पुर्व टाेखा सरस्वती गाविस अध्यक्ष बाबुलाल डंगोल ,टाेखा नगरपालिका वडा ३ का पुर्व अध्यक्ष सिहराज श्रेष्ठ , टाेखा वडा २ र ३ का सदस्यहरु,नेवाः गुथि टाेखाका पुर्वअध्यक्ष देवराज डंगोल, नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित , गुथिका बरिस्ठ उपाध्यक्ष सुर्यमान डंगोल ,गुथिका उपाध्यक्ष रामलाल महर्जन , गुथिका महासचिव हेरकाजी डंगोल ,गुथिका सचिवद्वय प्रकाश डंगोल र निरन्जन डंगोल,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,सल्लाहकार मोतीलाल श्रेष्ठ,सल्लाहकार अष्टनारायण डंगोल,सल्लाहकार माइला डंगोल,गुथिका कानुनी सल्लाहकार सत्यनारायण डंगोल , सल्लाहकार हरिदास श्रेष्ठ, टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोल , टाेखाका मुल नायो हेमराज श्रेष्ठ,टाेखा कला पुच:का अध्यक्ष हरि बहादुर श्रेष्ठ , गजराज जोशी ट्रस्टका अध्यक्ष मनिष जोशी ,त्यस्तै विभिन्न राजनीतिक दलका नेकपा माओवादीबाट नविनकुमार डंगोल , नेपाली काङ्ग्रेसबाट अष्टकुमार श्रेष्ठ / चोकी हेराकाजी महर्जन डंगोल ।नेकपा एमालेबाट राजकाजी डंगोल / नेकपा एसबाट सुशान्त डंगोल / राप्रपाबाट प्रकाश डंगोल ,रास्वपा लगायत विभिन्न खल पुच सांस्कृतिककर्मीहरुको उपस्थिति रहेको थियोे ।न्हुदया भिन्तुना सांस्कृतिक कार्यक्रमको नेवाः गुथि टाेखा महासचिव हेराकाजी महर्जनले संचालन गरेका हुन् ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै