• TOKHA LIVE

    • ६ कार्तिक २०८२, बुधबार २०:५६

    अन्तरराष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोली भारततर्फ

    काठमाडौँ, ५ कात्तिक /अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ।

    भारतको सिलोङमा हुने त्रिदेशीय प्रतियोगितामा आयोजक भारत, नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा नेपालले यही कात्तिक ७ गते इरानसँग भिड्नेछ भने दोस्रो खेल कात्तिक १० गते भारतविरुद्ध हुनेछ। दुवै खेल सम्पन्न भएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ।

    यो प्रतियोगिताका लागि विदेशमा व्यवसायिक फुटबल खेलिरहेका खेलाडीहरू प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा विशेष रूपमा नेपाल फर्किएका हुन्।

    टोलीको कप्तानी सावित्रा भण्डारीले सम्हाल्नेछिन्। टोलीमा अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ रहेका छन्।टोलीको प्रशिक्षक नवीन न्यौपाने हुन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै