• TOKHA LIVE

    • ६ कार्तिक २०८२, बुधबार ००:२२

    एनपीएल ट्रफी टुर’ अब चितवनमा

    नारायणगढ (चितवन), ४ कात्तिक — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टुर आज चितवन आइपुगेको छ। फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा विशेष कार्यक्रम आयोजना गरी ट्रफी अनावरण गरेको हो।

    राइनोजले “राइड फर राइनोज” नाम दिइएको बाइक ¥यालीमार्फत टुरको सुरुवात गरेको छ। यो ¥याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्सचोक, सिएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी र टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न हुने बताइएको छ।

    कार्यक्रममा राइनोजका निर्देशक प्रताप देवकोटा, रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा सहभागी थिए। त्यस्तै, महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, र नायिका निति शाहलाई राइनोजले नयाँ ब्रान्ड एम्बासडरको रूपमा सार्वजनिक गरेको छ।

    यसअघि ट्रफी टुर पूर्वको विराटनगरबाट सुरु भए पनि प्रदर्शनपछि स्थगित गरिएको थियो। हाल पुनः जनकपुरबाट सुरु भई हेटौंडा हुँदै ट्रफी चितवन आइपुगेको हो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै