• TOKHA LIVE

    • ६ कार्तिक २०८२, बुधबार ००:१६

    भक्तपुरमा जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ

    भक्तपुर, ५ कात्तिक / भक्तपुर प्रहरीले राति जुवा खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले छापा मारेर जुवाखालबाट रु. ९ लाख २३ हजार ९६० नगद र १६ थान कौडा बरामद गरेको जनाएको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सबैलाई हाल हिरासतमा राखी कानुनी कारबाही अघि बढाइँदै छ।

    प्रहरीले जुवासँग सम्बन्धित अवैध गतिविधिमा संलग्न जो–कसैप्रति कारबाही कडा रूपमा लागू गरिने चेतावनी दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै