• TOKHA LIVE

    • ५ कार्तिक २०८२, मंगलवार २३:३९

    विपिन जोशीको पाथिव शरीर महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार

     

    असोज ४,काठमाडौं ।

    गाँजामा हमासको बन्धक बनेका विपिन जोशीको पार्थिव शरीर आज भीमदत्त एक स्थित घरबाट अन्तिम यात्रा निकालेको छ ।महाकालीको आर्यघाटमा दाहा संस्कार गरिएको छ। स्थानीयवासी सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूको उपस्थितिमा विभिन्न श्रद्धाञ्जली अर्पण गरिँदैछ। देशले सदा सम्झिरहने छन् विपिन जोशीलाई, बिपिन जोशीको साहस सधैं अमर रहनेछन्। विपिनको त्यो गितार र गीत अब कहिले गुन्जिने छैन। छैन जस्ता शब्दहरू सामाजिक सञ्जालमा भेटिरहेको छ। सामाजिक यी शब्दहरुले गर्दा कसको मन भावुक नहोला र ,महाकाली नदी किनारमा राष्ट्रिय सम्मान सहित आज बिहानैदेखि सडकदेखि नदीसम्म हजारौं नागरिक उपस्थित भएर अन्तिम यात्रालाई गहिरो शोक र सम्मान रुप श्रद्धाञ्जली दिएको थिएँ । नेपाल राजदूतले परिवारसँग भेटेर हामीले बीपीलाई जीवितै फर्काउन सकेन भन्दै माफी मागेका थिए। दुखद घडीमा परिवार र छरछिमेक सँग सहानुभूति जनाउँदै उनले मानवताको उच्च मूल्य प्रस्तुत गरेका छन् । परिवारले सब नेपाल ल्याइसकेपछि पोस्टमार्टम नगर्न आग्रह गरेका थिए। इजरायली नेसनल सेन्टर अफ फरेन्सिक कम्प मेडिसिनको रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरुले अपहरण गरेका थिए।

    विपिनको दुई वर्षसम्म कुनै खबर पाएको थिइन। बहिनी र आमाको निरन्तर प्रयासले आज विपिनको सब नेपाल ल्याउन सफल भएको छ। भाइटिका लगाउने पर्खाइमा थियो बहिनी तर आज उसको सब आइपुग्यो। भीमदत्तनगर अहिले शोकमा परेको छ। घरको आँगनमा दीपहरू निभेको छ। भने सयपत्री माला उखलेको छन्। विपिन एक विद्यार्थी मात्र होइन अनि देशका युवाका साहस र सङ्घर्षका प्रत्येका रुपमा रहेका छन्। आज अन्त्यष्टिमा सशस्त्र प्रहरी बलले राष्ट्रिय सलामी दिएको छ। भीमदत्त नगरका नागरिकहरू साथी र परिवार झण्डाले ढाकेको सबको अन्तिम यात्रा गर्दै भावुक बनेका थिए । विपिनको मृत्युलाई केवल व्यक्तिको शोकको रुपमा मात्र होइन, देशका लागि बलिदानको प्रतीकका रूपमा लिएको छ। विपिन जोशीलाई जीवितै फर्काउन सकेनौं भन्दै इजरायली राजदूतले विपिनको घरमै गएर माफी मागेका छन् र हजारौं नेपालीसँगै सब यात्रामा निस्किए

    Facebook Comments

    छुटाउनुभयो कि? सबै