• TOKHA LIVE

    • ५ कार्तिक २०८२, मंगलवार १६:१३

    स्वर्गीय रामप्रसाद अमात्य : छोटो चिनारी

     

     

     

    नबिना श्रेष्ठ
    असाेज ४/२०८२

    स्व. रामप्रसाद अमात्यलाई बुझ्नका लागि उहाँको व्यक्तित्वलाई व्यक्तिगत समर्पण, राष्ट्रिय योगदान र शैक्षिक सामाजिक दृष्टिका आधारमा बुझ्न सकिन्छ ।
    स्व. रामप्रसाद अमात्य एक देशभक्त, शिक्षक, र समाजसेवी व्यक्ति मात्र होइन राष्ट्रिय गहनाको रुपमा बुझ्नुपर्छ । उहाँ त्यसैका धनी महात्मा हुनुहुन्थ्यो, जसको जीवन दर्शन सेवाबाट नेतृत्व लिएको थियो भन्ने कुरामा दुइमत छैन ।

    उहाँको सोच यो थियो कि युवाहरूमा अनुशासन र सेवा भावना जगाएपछि मात्र राष्ट्रको भविष्य बलियो हुन्छ ।
    र नेपाल स्काउटका संस्थापक व्यक्तिहरूमध्येको एक प्रमुख मानिन्छ । वि.सं. २०१३ तिर स्काउट आन्दोलनलाई औपचारिक रूपमा नेपालमा सुरु गर्न उहाँको प्रमुख भूमिका रहेको छ ।

    उहाँले स्काउटको सिद्धान्त Duty to God, Duty to Others, Duty to Self लाई नेपाली सन्दर्भमा अनुवाद गरी, “सेवा, अनुशासन र आत्मनिर्भरता” लाई शिक्षाको मुख्य अङ्ग बनाउन खोज्नुभयो ।

    शिक्षा क्षेत्रका अग्रणी सुधारक हुनुहुन्थ्यो। भने समाजलाई सकारात्मक दृष्टिकोणले अवलोकन गरेर परिपूरकता साध्य मान्नुहुन्छ । युवाहरूमा व्यावहारिक सीप, श्रम र चारित्रिक शिक्षाको महत्त्व बलियो रूपमा औंल्याउन सके राष्ट्रले उन्नति गर्ने छ। भन्नेमा विश्वस्त हुनुहुन्थ्यो । उहाँले शिक्षा केवल परीक्षा होइन, जीवन अभ्यास हो। भन्ने बुझाउनमै तत्पर हुनुहुन्थ्यो ।

    आज नेपाल स्काउटमा देखिने अनुशासन, गणवेश संस्कृति, सेवा भावना र राष्ट्रिय प्रतीकत्व यी सबैमा उहाँको दृष्टिको छाप थियो। उहाँलाई बुझ्नु भनेकाे सेवा र नैतिकताका आधारित शिक्षाको दर्शन बुझ्नु हो । नेतृत्व र नम्रताको सन्तुलन सिक्नु हो । एक शिक्षक जसले चरित्र शिक्षा र व्यवहारिक अध्ययनको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याउनु भएको छ ।

    नेपाल स्काउट स्थापना र विस्तारमा अग्रणी भूमिका निभाउनु भई संस्थापकको रुपमा परिचित हुनुहुन्छ । “सेवामा नै नेतृत्व” भन्ने मानवीय जीवन दर्शनमा आबद्ध हुनुहुन्थ्यो ।

    उहाँको जन्म बि.सं. १९९२ साल असार २६ गते विहिवार भएको थियो। भने वि.सं. २०७९ साल कार्तिक ७ गते सोमबारका दिन स्वर्गारोहण हुनुभएको थियो । भौतिक शरीर हामी बीच छैन तर पनि छोरालाई भन्दा छोरीहरूलाई सशक्त बनाउन सके समाजले दीगो शान्ति र समृद्धि हासिल गर्न सकिन्छ। भन्ने चरितार्थ गर्नुभएको छ ।

    यो कुनै कथा वा कल्पनामा कोरिएको शब्दहरू मात्र होइनन्। उहाँको जीवन खोजेको बुझेको यथार्थता हो । समाज वा राष्ट्रले त्यसको अनुसरण गर्नुपर्छ । पथप्रदर्शक, अन्वेषक एवम् आत्मनिर्भर साथै सेवाभावको भगवाना स्वरुप स्वर्गीय रामप्रसाद अमात्य हुनुहुन्छ । मिति २०८२ साल कार्तिक ३ गते सोमबार तेस्रो वार्षिक पुण्यतिथीका दिन हार्दिक नमन छ ।

    २०२४ मा ललितपुर स्काउटको स्थापना गर्न अग्रणी भूमिका र सहयोग गर्नुभएको थियो । स्थापनाकालदेखि जीवनको उत्तरार्धसम्म सक्रिय भूमिकामा जीवन यापन गर्नुभएको थियो । ललितपुर जिल्लाको स्थानीय स्काउटमा प्राणप्रतिष्ठापन गर्ने व्यक्तिको रुपमा बुझ्न सकिन्छ ।

    आफ्नो जन्म जीवनलाई जन्मभूमिमै समर्पित गर्दै जिल्लामा स्काउट उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो जहाँ आज हामी छौं त्यसको एउटा सानो उदाहरण मात्र हो। जसमा हामी गर्व गर्न सक्छौं। भने अहम् वा घमण्ड गरेर उहाँको विचारमा, विश्वासमा, सेवामा ग्रहण लगाउने काम हामी गर्नेछैनौं, हाम्रो यो प्रण उहाँको पुण्यतिथीमा गर्दैछौं। भन्दै कार्यक्रम समापन गरिएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै