टोखा, काठमाडौं ३ कार्तिक ।
टोखा नगरपालिकाले आगलागीका घटनाबाट हुने जनधनको क्षति न्यूनिकरणका लागि महत्वपूर्ण कदम चालेको छ। नगरपालिकाले अब आफ्नै वारुण यन्त्र (फायर ब्रिगेड) खरिद गरी सेवा सञ्चालनमा ल्याएको छ।
नगरभित्र वा आसपासका क्षेत्रमा आगलागीका घटना घटेमा तुरुन्तै नगरपालिकामा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। नगरवासीलाई यस्ता विपद्का समयमा सहयोगका लागि तयार रहन र आवश्यक जानकारी तुरुन्तै फोनमार्फत दिन नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार, “यो सेवा सञ्चालनले आगलागीका बेला जनताको धन–जीवन जोगाउन ठुलो राहत पुर्याउनेछ। नगरवासीले सहकार्य गरेर यसलाई सफल बनाउन सघाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ।”
सम्पर्कका लागि:
टोल फ्री नं.: १६६०–०१–००२३४३
फोन नं.: ०१–५१४५६०३
मोबाइल नं.: ९८५११४१३६५०, ९८५११४१५२७, ९८५१२२२५७८
टोखा नगरपालिकाले आगलागी नियन्त्रणका लागि यो पहललाई “जनताको सुरक्षाका लागि जनताको सेवा” भन्ने भावनासँग जोड्दै सबै नगरवासीलाई सतर्क र सहयोगी बन्न आह्वान गरेको छ।


