टोखा, कात्तिक ३/ खेलमार्फत आपसी मित्रता र एकता सुदृढ गर्ने उद्देश्यका साथ टोखा भुटखेल मैदानमा भोलि कात्तिक ३ गते बिहान ७ बजे मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ।
प्रतियोगितामा नेपा युथ क्लब र टोखा स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलले स्थानीय युवाबीच खेलप्रतिको उत्साह बढाउने र समुदायमा एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
नेपा युथ क्लबका प्रतिनिधिहरूका अनुसार, यस्तो मैत्रीपूर्ण खेलले युवाहरूमा अनुशासन, खेलभावना र सहकार्यको भावना विकास गर्न सहयोग पुग्नेछ। उता, टोखा स्पोर्ट्स क्लबले पनि खेलकुदलाई सामाजिक सद्भाव र सकारात्मक ऊर्जाको माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। टोखाका खेलप्रेमीहरूका लागि यो बिहानको खेल रोचक र ऊर्जावान हुने अनुमान गरिएको छ।

