टोखा, असोज ३१/
नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगरपालिका–३ वडा कमिटीले शुभ दीपावली, नेपाल सम्वत ११४६ र छठ पर्व–२०८२को अवसरमा भोलि शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म कोथु गणेश मन्दिर प्राङ्गणमा आयोजना हुने कार्यक्रममा पार्टीका नेता, स्थानीय कार्यकर्ताहरू, समुदायका अग्रजहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहने कार्यक्रम रहेको छ।
पर्वहरूको एकता, सद्भाव र साझा संस्कृतिलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना गरिन लागिएको उक्त कार्यक्रममा सहभागीहरूले “जनताको बहुदलीय जनवाद–जिन्दावाद!” भन्ने नारासहित आपसी मेलमिलाप र शुभकामना आदानप्रदान साटासाट कार्यक्रम रहेकोे छ।
कार्यक्रमले राजनीतिक मूल्य, सांस्कृतिक विविधता र सामुदायिक एकताको सुन्दर सन्देश फैलाउने आयोजक एमाले टोखा–३ वडा कमिटीले जनाएको छ।

