काठमाडौँ, असोज ३१/
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा शुक्रबारदेखि ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ सुरु भएको छ। ट्याटु कलाको माध्यमबाट परम्परा, संस्कृति र आधुनिक सिर्जनशीलतालाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले देश–विदेशका कलाकारहरूलाई एकत्र गरेको छ।
कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र अग्रज कलाकार उदयचरण श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।
उद्घाटन समारोहमा कुलपति हार्तम्छालीले भन्नुभयो, “ट्याटु आर्ट केवल सौन्दर्य होइन, यो लोक–परम्परा र सांस्कृतिक ज्ञानसँग गहिरो रूपमा जोडिएको कला हो। हामीले कलाका सबै आयाम समेट्ने अभियान अन्तर्गत यो प्रदर्शनी आयोजना गरेका हौं।”
त्यस्तै, सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केलीले ट्याटु कला नेपाली समुदायका अनेक रूप र रीतिसँग सदियौँदेखि जोडिएको बताउँदै यस जीवन्त कलाको संरक्षण र अभिलेखीकरणमा जोड दिनुभयो।
विभाग प्रमुख सौरगंगा दर्शनधारीले ट्याटु पनि ललितकलाको एक उपविधा भएको बताउँदै, “यसलाई समयअनुसार चिनाउन र यसको कलात्मक मूल्य विस्तार गर्न यस्ता कार्यक्रम अत्यन्तै उपयोगी छन्,”
भन्नुभयो।
हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताउनुभयो।
अग्रज कलाकार उदयचरण श्रेष्ठले ट्याटु कला पनि अन्य चित्रकला वा मूर्तिकलाजस्तै सशक्त अभिव्यक्तिको माध्यम भएको र यो कला नेवा: सभ्यतामासमेत पुरानो इतिहास बोकेको धारणा राख्नुभयो।
८ देशका कलाकार, ७२ नेपाली सहभागी
‘यात्रा ट्याटु प्रदर्शनी’मा नेपालका ७२ कलाकारसँगै सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, अमेरिका, मलेसिया र अस्ट्रियाका कलाकारहरूले पनि आफ्नो सिर्जना प्रस्तुत गरेका छन्। नेपालका बिनील बज्राचार्यदेखि सुमिना श्रेष्ठसम्मका युवा तथा अनुभवी कलाकारहरूले ट्याटु कलाको आधुनिक धारालाई नेपाली पहिचानका रङमा उतारेका छन्।
जसमा नेपालबाट बिनील बज्राचार्य, अनिल ताम्राकार, युजेश देउला, प्रसन्न प्रधान, प्रवेश बिडारी, सागर राना मगर, नीरज शाही, धीरेन्द्र कुँवर, सागर मगर, क्षितिज श्रेष्ठ, लक्ष्मण पुजारी, सुवास महर्जन, अनिल मेचे, प्रज्वल महर्जन, जीवन मगर, अशोक गुरुङ, रामप्रसाद शाह, विजेन्द्र श्रेष्ठ, जीवन राई, प्रह्लाद श्रेष्ठ, सुरज, हुसेन महर्जन, राज भुजेल, रोजन कर्ण, रोशन महर्जन, विश्वराज राई, सुस्मिता गुरुङ, अमन महर्जन, आङदावा शेर्पा, श्री केसी, निमा शेर्पा, सुवास लामा, संजय खड्गी, विराट राई, प्रदिप खड्गी, अस्टिन रा, राजन महर्जन, नवीन ठकुरी, विक्की देसार, अनिल श्रेष्ठ, राम सुनुवार, कमल दुलाल, बिनोद सिटौला, रन्दिप राई, सरोज महर्जन, धञ्जित तामाङ, दीपेश राई, सञ्जय बलामी, निराजन अधिकारी, सावन देउला, हरस, इरोस महर्जन, सृष्टिका योञ्जन, बिजु लामा, सञ्जीव खड्गी, विनिता गुरुङ, झरना गुरुङ, मनीष शाही, रुजेन शाक्य, आशिष राउत, सुजित राई, विशाल राना मगर, लक्ष्मण मगर, ओजल महर्जन, सन्दीप बागदास, रजिस शाक्य, रोहन श्रेष्ठ, उरेम लिम्बु, रन्जित राई, सविता महर्जन र सुमिना श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै, सिङ्गापुरबाट Rainer Wu , Rex, Kia Lang, Jobel Chan, Bruce, Timmi kang, Jojo Leow, थाइल्यान्डबाट Wirot Chantarakant, Kob, Golf Natta Phong, भारतबाट Vishal Rathord, Manzul Mandal, Eboe, Neelix Bihani , भियतनामबाट Thang lee स्विटजरल्यान्डबाट Niko Milo, ग्रिसबाट Vasso Lowbrow, Tasso Zach, युएसएबाट Bleux Garza, मलेसियाबाट Koh Yuu Enn, अस्ट्रियाबाट Chello लगायतका कलाकारहरू रहनुभएको छ । कार्तिक १४ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटर पृथ्वी श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै, कार्यशालामा क्यान्भास, उडकट, मूर्तिकला, कार्टुन÷क्यारिकेचर विधालाई समेटिएको छ, जसमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, सुन्दर सिंख्वाल, सुरेश लवट तुलाधर, प्रद्युम्न श्रेष्ठ, पृथ्वी श्रेष्ठ, रुवीकुमारी, दिवस न्यौपाने, कृतिका मानन्धर, इन्दु थारू, जय शंकर सन श्रेष्ठ, सुजन थामी, जेनी घले, टिसा श्रेष्ठ, स्मारिका महर्जन, अमन महर्जन, सरिना लामिछाने, कर्मा टासी गुरुङ, विजेन्द्र श्रेष्ठ, विशाल राना मगर, यशस अर्याल, रिहाना परियार, सौगात श्रेष्ठ, अमिर शाक्य, नविन नाल्वोलगायतको सहभागिता रहेको थियो ।


