• TOKHA LIVE

      TOKHA LIVE

    • १ कार्तिक २०८२, शुक्रबार १५:२१

    टोखामा भोलि वडा २ र ३ बिच मैत्रीपूर्ण फुटबल खेल हुँदै

     

    टोखा असोज ३१/
    टोखा वडा नं. २ र वडा नं. ३ का युवाहरूबीच आपसी मित्रता र एकता सुदृढ गर्ने उद्देश्यले भोलि भुटखेल खेलमैदानमा बिहान ७ बजे मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ। युवाहरूलाई खेलकुद प्रती मोह जगाउन, स्वास्थ्यप्रति सचेत र उत्साह प्रबर्द्धन गर्न टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल समेत मैदानमा उत्रिन सक्ने सम्भावना रहेको छ भने दुबै वडाका वडा सदस्यहरु लगायत जनप्रतिनिधिहरुको समेत उपस्थितिले अरु खेल भन्दा भोलि हुने मैत्रीपुर्ण खेल विशेष रोचक हुने अपेक्षा गरिएको छ।

    स्थानीय युवाहरूको अग्रसरतामा हुन लागेको उक्त खेलले खेलकुदप्रतिको रुचि बढाउने र युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने लक्ष्य लिएको आयोजक समूहले जनाएको छ।”हाम्रो उद्देश्य केवल खेल खेल्नु मात्र होइन, एक अर्कासँग सम्बन्ध सुदृढ गर्दै वडा बीच आपसी सहयोग र सद्भाव बढाउनु पनि हो,” आयोजक समूहका प्रतिनिधिले बताए। टोखामा भोलि हुने वडा २ र ३ बिच मैत्रीपूर्ण फुटबल खेलको कुल बजेत ५० हजार लागत रहेको बताएको छ।

    खेलका लागि टोखा वडा नं. २ र ३ कार्यालयमा जर्सीमा उत्रिन सक्ने सम्भावना रहेकोे छ भने आयोजकहरूका अनुसार वडाको नाम अंकित जर्सीले खेलाडीहरूमा अतिरिक्त उत्साह जगाउने र वडाको पहिचान झल्काउने काम गर्नेछ। यस्ता स्थानीय खेलकुद गतिविधिहरूले युवाहरूलाई नकारात्मक बाटोबाट टाढा राखी स्वस्थ, ऊर्जावान र सामाजिक रूपमा जिम्मेवार बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै