• TOKHA LIVE

    • २३ आश्विन २०८२, बिहीबार ११:२०

    बालाजु वृत चौकीका बिष्णु भण्डारी प्रहरी नायब निरीक्षक पदमा पदोन्नति

    काठमाडौँ असोज २३ । बिगत लामो समयदेखि नेपाल प्रहरी सेवामा समर्पित रहँदै आउनुभएका बिष्णु भण्डारी प्रहरी नायब निरीक्षक पदमा पदोन्नति हुनुभएको छ ।

    बालाजु वृत अन्तर्गत कार्यरत रहँदै उत्कृष्ट सेवा, इमानदारी र जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्दै आउनुभएका भण्डारीलाई आज विशेष कार्यक्रमबीच सहकर्मीहरूले टीका, माला र खादा लगाएर बधाई तथा शुभकामना दिएका छन् ।

    कार्यक्रममा उपस्थित सहकर्मीहरूले उहाँको अनुशासन, निष्ठा र सेवाभावको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा प्रहरी सेवामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

    यस अवसरमा भण्डारीले आफूमा विश्वास र साथ दिने सम्पूर्ण सहकर्मी तथा वरिष्ठ अधिकारीहरूप्रति आभार प्रकट गर्दै जनताको सुरक्षाका लागि अझ समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

     

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै