• TOKHA LIVE

      TOKHA LIVE

    • २३ आश्विन २०८२, बिहीबार ११:०५

    मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ, २३ असोजः
    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ। विभागले जनाए अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पनि त्यसको असर कायम छ। बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव न्यून देखिएको छ।

    आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ। देशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

    त्यसैगरी, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रह्ने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। यी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागको भनाइ छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै