• TOKHA LIVE

    • २१ आश्विन २०८२, मंगलवार २१:५९

    आसन्न निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र आयोगबीच छलफल

    काठमाडौँ, २१ असोजः प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीले आज सिंहदरबारमा भेटवार्ता गरेका छन्।

    फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा, आयोगले सरकार र राजनीतिक दलहरूको सहकार्यबिना सफल निर्वाचन सम्भव नहुने भन्दै आवश्यक सहयोगका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको हो।

    भेटमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा तथा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारी सहभागी थिए।

    आयोगका प्रवक्ता नारायणप्रयासद भट्टराईका अनुसार आयोग स्वच्छ, निष्पक्ष र मितव्ययी निर्वाचन गर्न प्रतिबद्ध छ। उहाँले भन्नुभयो, “निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्न र आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकारले सहयोग गर्ने अपेक्षा गरिएको छ।”

    छलफलमा तिहारअघि नै राजनीतिक दलहरूसँग संवाद गर्ने, अघिल्लो संसदीय निर्वाचनमा प्रयोग भएका स्रोतसाधनको समीक्षा गरी थप आवश्यक स्रोतसाधन माग गर्ने तयारीबारे पनि चर्चा भएको थियो।

    गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको हो। आयोगले मतदाता नामावली ऐन, २०७३ संशोधनपछि मतदाता सूची अद्यावधिकको काम अघि बढाइरहेको जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै