• TOKHA LIVE

    • २० आश्विन २०८२, सोमबार २०:००

    प्रतिनिधिसभा निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

    काठमाडौँ, २० असोजः
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ।

    स्वीकृत कार्यतालिकाअनुसार, मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार —

    • पहिलो-पास प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना हुनेछ।
    • समानुपातिक प्रणालीका लागि कार्यालय मङ्सिर १५ गतेदेखि सञ्चालन हुनेछ।
    • बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ तोकिएको छ।
    • निर्वाचन प्रचारप्रसार अवधि फागुन ३ देखि १८ सम्म रहनेछ, त्यसपछि प्रचार निषेध अवधि सुरु हुनेछ।
    • मतदान फागुन २१ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ।

    आयोगले राजनीतिक दलहरू र सरोकारवालासँग समन्वय तथा परामर्श गरी निर्वाचनको तयारी अघि बढाउने जनाएको छ।
    निर्वाचनमा सहभागी हुन इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र दल दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आयोगको आग्रह छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै