• TOKHA LIVE

      TOKHA LIVE

    • १४ श्रावण २०७७, बुधबार २१:४९

    “मेरो लागि नेपाली टोली पहिलो प्राथमिकता हो । हिजो पनि थियो र भोली पनि रहने छ “- सन्दीप

    टाेखा लाइभ काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वारेवियन प्रिमियर लिग (सिपिएल) जानुअघि राष्ट्रिय टोलीको खेल नै आफ्नो लागि पहिलो प्राथमिकता रहेको एक कार्यक्रममा बताएका छन्।
    त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा बुधबार पत्रकार सामु बोल्दै उनले राष्ट्रिय टोली नै पहिलो प्राथमिकता रहेको बताएका थिए।

    विश्वभर अब फ्रेन्चाइज लिग सुरु भएसँगै राष्ट्रिय टोलीसँग खेल जुध्ने सम्भावनामा उनले यस्तो अभिव्यक्ति दिए । ‘मेरो लागि नेपाली टोली पहिलो प्राथमिकता हो । हिजो पनि थियो र भोली पनि रहने छ,’ उनले थपे,’सिपिएल खेल्न जति म उत्साहित छु त्यो भन्दा धेरै नेपालमा सबैजना हुन्छ । कोरोनापछि क्रिकेट फर्किंदै छ । नेपालसहित विश्वमा सबैजना खुसी हुन्छ । जतिसक्छु राम्रो प्रर्दशन गर्ने प्रयास गर्ने छु ।’उनले भने खेलकुल मन्त्रालयदेखि सबैको साथ र सहयोगले खेल्न जान पाएँ’, बुधबार पत्रकार सम्मेलनमा सन्दीपले बताएका थिए।

    सन्दीपले आफू सिपिएलबाटै सिधै आइपिएलबाट खेल्न जान लागेको बताए । सिपिएलमा राम्रो प्रदर्शन गर्न सकेको खण्डमा आइपिएलमा पनि सहज हुनेमा सन्दीप ढुक्क ले बताउछन् । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको थियो । सन्दीपको टोली जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी र ओशन थोमस जस्ता स्टार खेलाडी छन् ।

    जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै सुरुवात गर्ने छ । २० अगष्टमा जमैकाले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्ने छ । २२ अगष्टमा गुयाना एमेजन वारियर्सविरुद्ध खेल्ने छ । २५ अगष्टमा पुन गुयानासँग खेल्ने छ । २६ अगष्टमा बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । २९ अगष्टमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सविरुद्ध खेल्ने छ ।
    सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ ।

    सन्दीप बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा पुगिसक्ने छन् । १ सेप्टेम्बरमा ट्राइडेन्ट्सविरुद्ध खेल्ने छ । ३ सेप्टेम्बरमा पेट्रीयट्सविरुद्ध खेल्ने छ । सेप्टेम्बर ५ मा बार्बाडोसविरुद्ध खेल्ने छ । लिग चरणको अन्तिम खेलमा लुसिया जुक्सविरुद्ध खेल्ने छ । शीर्ष चारमा पर्न सकेमा सेप्टेम्बर ८ मा सेमिफाइनल खेल खेल्ने छ । फाइनल १० सेप्टेम्बरमा हुँनेछ ।फेरि १९ सेप्टेम्बर देखि दुबईमा आइपिएल सुरु हुदैछ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै