• TOKHA LIVE

    • १९ आश्विन २०८२, आईतवार १८:४७

    भियतनामसँग खेल्ने राष्ट्रिय टोली घोषणा

    काठमाडौँ, १९ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गर्नुभएको छ।

    एफसी एसिया कप २०२७ छनोटअन्तर्गत भियतनामविरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन र जिलेस्पीजङ कार्की रहेका छन्।

    त्यस्तै, कृतिकरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ पनि टोलीमा समावेश छन्।

    नेपालले भियतनामसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो खेल यही असोज २३ गते भियतनाममा हुने कार्यक्रम छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै