काठमाडौँ, १८ असोज ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ आज चोभार गल्छी क्षेत्र पुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको टोलीसहित मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती र वाग्मती करिडोर क्षेत्र घुमेर त्यहाँको अवस्थाबारे नजिकैबाट जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले नदी किनार नजिक बसोबास गरिरहेका स्थानीयलाई सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन् । उहाँले विपद् आउनुअघि नै सजग भएर बस्नु सबैभन्दा ठूलो सुरक्षा हुने भन्दै जनतालाई सचेत रहन अनुरोध गरेका छन् ।
मन्त्री घिसिङको निजी सचिवालयका अनुसार अवलोकनमार्फत भौतिक पूर्वाधार, करिडोर व्यवस्थापन र बस्तीको सुरक्षाबारे थप अध्ययन गरी आवश्यक कदम चालिने तयारी गरिएको छ ।

