• TOKHA LIVE

    • ९ आश्विन २०८२, बिहीबार २१:०८

    डा. भट्टराईको अध्यक्ष पद त्याग : “अब नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ”

    काठमाडौँ, ९ असोज – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गर्ने घोषणा गर्नुभएको छ।

    आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले अहिलेको राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले मुलुकको नेतृत्व लिनुपर्ने महसुस भएकैले आफू पदबाट अलग भएको स्पष्ट गर्नुभयो। उहाँले भन्नुभयो,
    “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ। नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक भएकाले म अध्यक्ष पदबाट अलग भएको हुँ। तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिनेछु।”

    जेनजी युवाहरूद्वारा सुरु गरिएको आन्दोलनलाई जायज ठहर गर्दै उहाँले केही नेताहरू र बाहिरी शक्तिहरूले त्यसलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो। भ्रष्टाचारविरुद्धको जनचाहनालाई जोड दिँदै उहाँले भन्नुभयो,
    “भ्रष्ट कोही पनि कानुनको दायराबाट बाहिर रहनु हुँदैन। त्यसका लागि युवा पुस्ताले देशव्यापी दबाब सिर्जना गर्नुपर्छ।”

    संविधान र शासकीय प्रणाली सुधारको आवश्यकता औंल्याउँदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था अध्यादेशमार्फत गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले चेतावनी दिँदै भन्नुभयो, “यदि निर्वाचन प्रणाली र शासन व्यवस्थामा सुधार भएन भने मुलुक थप जटिलतामा फस्नेछ।”

    यसैबीच, आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संस्थागत सहभागितासहित जेनजी युवाहरूले नेतृत्व लिनुपर्ने पनि उहाँको अभिव्यक्ति रह्यो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै