टोखा, असोज ९ / टोखा नगरपालिका वडा नम्बर ३ ले वडावासीलाई लक्षित गरी हिउँदे बिउँ वितरण गर्ने भएको छ। वडाले सार्वजनिक गरेको सूचनाअनुसार तोकिएको मिति र समयमा उपस्थित भई हिउँले बिउँ लिन आग्रह गरिएको छ।
सूचनामा प्रत्येक घरलाई एकपटक मात्र बिउँ वितरण गरिने उल्लेख छ।
वडा अध्यक्ष रमेश डंगोलले वडावासीलाई समयमा उपस्थित भई बिउँ लिन आग्रह गर्दै, यो पहलले किसानलाई हिउँदे खेतीमा टेवा पुग्ने र उत्पादन बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस कार्यक्रममार्फत वडावासीलाई आत्मनिर्भर कृषिप्रति प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

