• TOKHA LIVE

    • ९ आश्विन २०८२, बिहीबार १३:२७

    पचली भैरवको याेसिं: उठाइयो, चार दशकपछि निरन्तरता

    काठमाडौँ, ९ असोज ।
    टोखाबाट लिएर काठमाडौं उपत्यकासम्म विशेष श्रद्धा रहने पचली भैरवको याेसिं: उठाउने परम्परा फेरि जीवित बनेको छ। साढे चार दशकसम्म रोकिएको यो जात्रा गत वर्षदेखि पुनः सुरु भएको हो, र यस वर्ष पनि गुठियार र स्थानीय बासिन्दाले निरन्तरता दिएका छन्।

    परम्पराअनुसार पचली भैरवका गुठियारहरूले साँखुमाथिको जङ्गलबाट विशेष रुख काटेर ल्याएर याेसिं: ठड्याइन्छ। आश्विन शुक्ल चौथीका दिन यो परम्परा दसैं नजिकिएको सन्देश दिन सुरु गरिएको मानिन्छ। यसलाई मल्लकालमा राजा जयराम मल्लले आरम्भ गरेका थिए भन्ने विश्वास रहिआएको छ।

    याेसिं: उठाइएपछि टेकु, ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा घुमाइन्छ। यो परम्परा अष्टमीसम्म चल्ने गर्छ। अष्टमीका दिन दसैंको उत्सवसँगै याेसिं: ढालिन्छ।

    यस जात्राको व्यवस्थापन श्री पचली भैरव आजु यो सिं गुठीले गर्दै आएको छ। चार दशकअघि हराएको परम्परा फेरि गाउँले युवाको उत्साहले फर्किएको देख्दा भक्तजनले यसलाई देवता र संस्कृतिको पुनर्जागरणको रूपमा लिएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै