• TOKHA LIVE

    • ३० भाद्र २०८२, सोमबार १७:२०

    शिक्षण अस्पतालमा २८ जनाको पोस्टमार्टम, २३ शव आफन्तले लगे

    काठमाडौँ, ३० भदौ ।
    जेनजी आन्दोलनमा ज्यान गुमाएका मध्ये त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा २८ जनाको पोस्टमार्टम पूरा गरिएको छ ।

    फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४६ शव अस्पतालमा ल्याइएको छ । तीमध्ये २३ जनाको शव आफन्तले बुझेर लगिसकेका छन् भने ७ वटा शव अझै चिन्न सकिएको छैन । ती शवको पहिचानका लागि डिएनए परीक्षण, दाँत परीक्षण र फिङ्गरप्रिन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

    डा. चौधरीले जानकारी दिँदै भन्नुभयो, “शवमध्ये धेरैमा गोली लागेको, जलन भएको र आन्तरिक चोटपटक देखिएको छ । हामीलाई प्राप्त पत्रअनुसार निरन्तर शवपरीक्षण भइरहेको छ ।”

    यसैबीच, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ शिक्षण अस्पताल पुगेर मृतकका आफन्तलाई भेट्नुभएको छ । अस्पतालमा अहिले पनि २२ जना घाइतेको उपचार जारी छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै