काठमाडौँ, २८ भदौ ।
देशव्यापी आन्दोलनका कारण केही दिनदेखि बन्द रहेको टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था आइतबारदेखि नियमित सञ्चालनमा आउने भएका छन्।
२०८२ भदौ २३ गतेदेखि सुरु भएको प्रदर्शनका कारण २४ गतेदेखि नगरपालिकाका सम्पूर्ण सेवाहरू ठप्प भएका थिए। नागरिकलाई अत्यावश्यक काममा समस्या परिरहेको अवस्थामा भदौ २९ गते आइतबारदेखि फेरि कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत् रूपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा नागरिकलाई नजिकका कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा गई सहज रूपमा काम, उपचार र पढाइ गर्ने व्यवस्था मिलाइएको उल्लेख छ।
टोखा नगरपालिकाले सबै सेवाग्राहीलाई धैर्य देखाइ दिएकोमा धन्यवाद दिँदै अबका दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने नगरपालिकाले प्रतिवद्धता जनाएको छ।


