• TOKHA LIVE

    • २८ भाद्र २०८२, शनिबार ०४:२७

    प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ मा चुनाव

    काठमाडौँ, २८ भदौ ।
    देशको राजनीतिमा ठूलो मोड आएको छ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्नुभएको छ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भदौ २७ गते राति ११ बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको छ। यससँगै नयाँ प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ गते विहीबार हुने गरी मिति तोकिएको छ।

    यस निर्णयसँगै देश नयाँ राजनीतिक यात्रातर्फ अग्रसर भएको छ। अब राजनीतिक दल र नेताहरूले जनताको समर्थन हासिल गर्न फेरि चुनावी मैदानमा उत्रनुपर्ने भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै