काठमाडौँ, २७ भदौ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । संविधानअनुसार आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने जिम्मेवारीसहित उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
यससँगै नेपालकै पहिलो महिला प्रधानन्यायाधीश रहनुभएकी कार्की अब मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

