• TOKHA LIVE

      TOKHA LIVE

    • २७ भाद्र २०८२, शुक्रबार २०:४७

    साफ यु–१७ फुटबल खेल्न नेपाली टोली श्रीलंका प्रस्थान

     

    काठमाडौँ, २७ भदौ ।
    दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा सहभागी हुन नेपाली फुटबल टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्दैछ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज राजधानीमा आयोजित कार्यक्रममार्फत टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएको छ।

    यो प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ तारिखसम्म श्रीलंकामा हुनेछ। समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्दै यात्रा सुरु गर्नेछ भने सेप्टेम्बर १८ मा बंगलादेशसँग भिड्नेछ। समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्।

    गोलकिपरदेखि फरवार्डसम्म युवा खेलाडीले भरिएको टोलीमा देशका कुनाकाप्चाबाट आएका प्रतिभा छन्।

    • गोलकिपर : पेम्बानुर्बु भोटे, राम बोहरा, विशेष बानियाँ
    • रक्षक : प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का
    • मिडफिल्डर : प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान
    • फरवार्ड : समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ छन् ।
    Facebook Comments

  • छुटाउनुभयो कि? सबै