सपनतिर्थ मेला टोखामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थिती हुने
नविना श्रेष्ठ/काठमाडौं चैत्र २२,२०८०/ ऐतिहासिक सांस्कृतिक नगर टोखा सपनतिर्थ मन्दिर मेलामा पहिलो पटक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थिती हुने भएको छ। ऐतिहासिक, धार्मिक एव सांस्कृतिक टोखा नगरीको नामबाट नामाङ्कन भएको टोखा नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल श्री सपनतिर्थ सिद्धि विनायक ( गणेश) मन्दिर परिसरमा बैशाख १ गते बिशेष मेला लाग्ने गर्दछ। यो वर्ष पहिलो पटक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थितीको लागी निमन्त्रणा दिने क्रममा क्षेत्र नं ५ का प्रतिनिधी सभा सदस्य माननीय प्रदिप पौडेलको विशेष पहलमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, नगर उप प्रमुख मुरारी तामाङ,प्रमुख प्रशसाकिय अधिकृत शेर बहादुर वि. सी, वडा अध्यक्षहरु टोखा वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टोखा वडा ६ का अध्यक्ष शान्ता खनाल पौडेल, सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोल,नेकपा एमाले टाेखा नगर कमितिका बेखालाल डंगोल र राष्ट्रमान श्रेष्ठ ,नेपाली कांग्रेस टाेखा नगर कमिटीका वडा २ र ३ का सभापति हेरकाजी महर्जन डंगोल र अष्टकुमार श्रेष्ठ, नेवा:गुथी टाेखाका महासचिव हेराकाजी डंगोल , निरन्जन डंगोल लागायत विभिन्न विशिष्ट व्यक्तित्वहरु सहितको संयुक्त टोली मंगलबार विहान औपचारिक रुपमा निमन्त्रणा दिन राष्ट्रपति भवन शितल निवास पुगेका थिए।
ऐतिहासिक महिमा बोकेको श्री सपनतीर्थ मन्दिरको छुट्टै बिषेश धार्मिक महत्वो र छुट्टै किवदन्ती छ। कुनै मानिसलाई कुष्ठरोग लागेको छ ,भने त्यस मानिस सपनतिर्थ मन्दिरको पोखरीमा नुहाउँदा त्यो रोग निको हुने जनविश्वास रहेको छ। वैशाख १ गते सपन तीर्थ मन्दिरको मेलापछि वैशाख २,३,४ गते सम्म विस्का: नख: जात्रा हुन्छ। यसरी जात्रा पर्व सुरु भएसँगै ५ गते सबै बाजागाजा रथ बोक्ने मानिस खलपुच सबैजना टोखाको बज्रयोगिनी मन्दिरमा गई पूजाआजा गरी रमाइलो गरी आजबाट जात्रा सक्यो भने सन्देश छोडी आआफ्नो घर फर्कने गर्छ। यहाँको लामो इतिहास लामो किवदन्ती जोडिएको मन्दिरमा यो पटक भने राष्ट्रिय स्तरको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरको अवलोकनसँगै दर्शन गर्न २०८१ वैशाख १ गते बिहानको ८:०० बजे आइपुग्ने तोखा विस्का:जात्रा व्यवस्थापन समितिका संयोजक मू:नाय हेमराज श्रेष्ठले बताएका छन्।