• TOKHA LIVE

    • २६ चैत्र २०८०, सोमबार १८:१८

    सपनतीर्थ दाफा खल: टोखाद्वारा नयाँ पुस्तालाई बासुरी प्रशिक्षण सम्पन्न , गुरुहरु सम्मानित

    काठमाडौं २५ चैत टाेखामा नयाँ पुस्ताको कला, संस्कृति र सम्पदाको प्रबर्द्धन गर्ने अर्को प्रयास सपनतीर्थ  दाफा खल: टोखाले सफलता हासिल गरेको छ। सांस्कृतिक परम्परा नयाँ पिढिलाई हस्तान्तरण गर्न सधै लालायित हुने सपनतीर्थ दाफा खल: टोखाले  नयाँ पुस्तालाई बासुरी प्रशिक्षण गराएर हस्तान्तरण गरेको छ ।सपनतीर्थ  दाफा खल:द्वारा शनिबार आयोजना गरिएको नात्येस्वरी पुजामा सिकाउने शिक्षकहरु दाफा खल:का बासुरी प्रशिक्षक गुरु श्री कृष्ण डंगोल/ (माइला)रोशन श्रेष्ठ,योगेन डंगोलले प्रशिक्षण दिएका नयाँ पुस्ताका विद्यार्थी बासुरी  बाद्यक १० जना प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका बिच दापा खलका गुरु पुर्ण डंगोलले बासुरी हस्तान्तरण गर्दै खाडा ओदाइ सम्मान गर्नुभएको खलकापुर्व सचिव सैलेश डंगोलले बताउनुभयो। सपनतीर्थ  दाफा खलले नयाँ पुस्तालाई बासुरी प्रशिक्षण गराएर टाेखामा निरन्तर चलिरहेको चाडपर्व कला संस्कृतिलाई जोगाउन यो हस्तान्तरणले अझै टेवा पुग्ने सपनतीर्थ  दाफा खलका पुर्व खलगाञं सत्यनारायण  डंगोलले बताउनुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै