काठमाडौं २९ चैत / ” हाम्रो संस्कृति हाम्रो पहिचान”भन्ने मुल नाराका साथ अघि बढिरहेको लशकुश बासुरी खल:टोखाद्वारा नयाँ पुस्तालाई बासुरी प्रशिक्षित गरेको छ। टोखा न.पा-१ मा अवस्थित लशकुश बासुरी खल:टोखाद्वारा आयोजित बासुरी प्रशिक्षण कार्यक्रम सफलता पुर्वक शनिबार सम्पन्न भएको हो । लशकुश बासुरी खल:टोखाले टाेखाको कला संस्कृति पर्वहरुमा खलले नयाँ आधुनिक मौलिक बासुरी धुनहरु प्रस्तुतिका साथ आइरहेको खलले निरन्तर परंरागत जोगाउदै अझ सशक्तढंगबाट सांस्कृतिक माहोललाई संगीतमय बनाउने उदेश्यका साथ गत महिना पुस १ गते देखि यहि चैत २४ गते सम्म खलका नयाँ पुस्ताका २१ जना संगित प्रेमि भाइबहिनीहरुलाई बासुरी प्रशिक्षण दिएको खलका गुरु राज श्रेष्ठले बताए ।
शनिबार नात्येस्वरी पुजामा लशकुश बासुरी खल:मा बासुरी सिकाउने बासुरी प्रशिक्षक गुरुहरु हेमराज श्रेष्ठ , बिधान श्रेष्ठ , राज श्रेष्ठ र आशा डंगोलले प्रशिक्षण दिएका नयाँ पुस्ताका विद्यार्थी बासुरी बाद्यक प्रशिक्षार्थीहरु र गुरुलाई एक कार्यक्रमका बिच लशकुश बासुरी खल:ले खाडा ओदाइ सम्मान गरेको थियोे ।




