• TOKHA LIVE

    • १ बैशाख २०८१, शनिबार १८:०९

    टोखा सरस्वती स्वास्थ्य चौकि तथा चिरायु नेशनल हस्पिटलको आयोजना नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौँ, १ वैशाख:आज मिति २०८१ साल पहिलो दिन बैशाख १ गते शनिवारको दिन टोखा सरस्वती स्वास्थ्य चौकि तथा चिरायु नेशनल हस्पिटलको आयोजना नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

    टोखा नगरपालिका ३ नम्बर वडा टोखा सरस्वती स्वास्थ्य चौकिको आयोजना तथा चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटको प्राविधिक सहयोगमा नयाँ वर्ष तथा टोखा बिस्केट जात्रा/ सपनतिर्थ मेलामा आउने श्रधालु भक्तजनहरुको स्वास्थ्यलाइ मध्यजनजर गरि नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गरिएकाे हो 

    आजको शिविरमा टोखा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत  शेरबहादुर बिसि,टोखा नगरपालिका वडा ३ का अध्यक्ष तथा टोखा सरस्वती स्वास्थ्य चौकि सन्चालन तथा व्यवस्थापन समिति अध्यक्ष रमेश डङ्गोल, कार्यपालिक सदस्य तथा स्वास्थ्य चौकि सन्चालन तथा व्यवस्थापन समिति उपाध्यक्ष श्री शान्ता राई लगायत अन्य कार्यपालिका सदस्यहरु,वडा सचिव  सानु श्रेष्ठ,वडा सदस्य हरिकृष्ण श्रेष्ठ,  हरिभक्त श्रेष्ठ , स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरु, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु लगायत चिरायु अस्पतालका मेडिकल टिम सहित अन्य स्वयम सेवकहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै