TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • सम्वत् सम्बन्धी नीति खोइ ? २०८३ कार्तिक २२, आइतवार
  • एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी २०८३ कार्तिक २२, आइतवार
  • पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल २०८३ कार्तिक २१, शनिवार
  • विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक २०८३ कार्तिक २१, शनिवार
  • दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष २०८३ कार्तिक १९, बिहीवार

टाेखाको इन्द्रायणी दापा खलद्वारा महिला बासुरी प्रशिक्षण सम्पन्न , गुरुहरु सम्मानित

  • Avatar photo

    TOKHA LIVE

  • २०८० चैत्र १, बिहीवार
टाेखाको इन्द्रायणी दापा खलद्वारा महिला बासुरी प्रशिक्षण सम्पन्न , गुरुहरु सम्मानित
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौं १ चैत्र /टाेखाको गौरव गर्न लायक नेपाल भाषा , कला , संस्कृति र साहित्यलाई जिवन्त बनाउन इन्द्रायणी दापा खलले काठमाडौंका उपत्यका सांस्कृतिक खलपुच:हरुलाई टाेखामा आमन्त्रित गरि सहभागी गराएर सांस्कृतिक प्रदर्शन , उपत्यका का विभिन्न सांस्कृतिक खलपुच बिच लाखे नाच प्रदर्शन गरि प्रतियोगिता आयोजना लगायत काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका र विभिन्न शहरहरुमा फरक सांस्कृतिक पहिचान दिलाउन इन्द्रायणी दापा खल: अत्यन्तै सफल भएको यस्को इतिहासले बताउछ। दापा खलका सदस्यहरुले आफुले जिम्मेवारी बाेध गरि ऐतिहासिक संस्कृतिले भरिपुर्ण सम्पदा भएको टाेखालाई चिनाउन पुर्खाले सिर्जना गरेको मौलिक विभिन्न चाडपर्वहरु टाेखा बिस्का: नख: , कृष्ण जन्माष्टमी, इन्द्रजात्रा, नवरथ पर्व, चतुर्मास दापा भजन, खद्ग जात्रा , सकिमिला पुन्ही , योमरी पुन्हि, होलि पुन्ही लगायत पर्वहरुमा टाेल बस्तिमा गुन्जीने नेपालभाषाको लोक लय, लोक धुनका सांगीतिक स्वरमा निखार ल्याइ यहि सांस्कृतिक लहरलाई थप जिम्मेवारी बोध गर्न निरन्तर काध थाप्न नयाँ महिला पुस्ताको आगमन भएको छ।

टाेखा सांस्कृतिक परम्परा नयाँ पिढिलाई हस्तान्तरण गर्न सधै लालायित हुने इन्द्रायणी दापा खल:ले पुनः नयाँ पुस्तामा इन्द्रायणी दापा खलका बुहारीहरुलाई प्रशिक्षण गराएर बिबाहित महिला बाँसुरी प्रशिक्षण प्रदर्शन एक ऐतिहासिक टाेखा नगरपालिकाकै उदाहरणी कार्यको थालनी गरेको छ। इन्द्रायणी दापा खल:द्वारा बुधबार आयोजना गरिएको नात्येस्वरी पुजामा इन्द्रायणी दापा खल:ले प्रशिक्षण दिएका नयाँ पुस्ताका महिला बासुरी बाद्यक १७ जना प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका बिच दापा खलका गुरु चन्द्रमान डंगोलले बासुरी हस्तान्तरण गर्दै खाडा ओदाइ सम्मान गर्नुभएको थियोे। कार्यक्रममा गुरु रामकृष्ण डंगोलले प्रशिक्षार्थी महिलादिदिबहिनीलाई टीका,खाडा ओदाइ फुल प्रसाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा नयाँ बासुरी प्रशिक्षणमा सहभागी महिला दिदि बहिनीहरुले परम्परागत लोकप्रिय सुमधुर नेवा: लोकधुनहरुमा मंगल धुन,ब्याचुली धुन, नाथेस्वरी गित,हार्मोनियम गढ, वा माया वा जिमिथाय लाछी वा , लये वम्हं दाजु तं चाया लाजु जस्ता गित बजाउदै मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेवा गुथिका अध्यक्ष रमेश मापित , बिशिस्ट अतिथि टाेखा नगरपालिका वडा ३ का सदस्य हरिकृष्ण श्रेष्ठ ,बिशिस्ट अतिथि टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका सदस्यद्वय हेराकाजी डंगोल र रबिना श्रेष्ठ , श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोल , गुरुहरु चन्द्र्मान डंगोल , सानुबाबु डंगोल , नाति डंगोल आशाकाजी डंगोल , कृष्णलाल लवत , भख्योसिन्ह डंगोल , रामकृष्ण डंगोल , भिन्देव डंगोल , सुकुनारायण डंगोल , पुर्व अध्यक्ष राजकाजी श्रेष्ठ ,बासुरी प्रशिक्षक तथा खल: का पुर्व अध्यक्ष प्रकाश डंगोल लगायत गुरुहरुलाई महिला बासुरी टाेलीले खाडासहित सम्मान गरेका थिए । कार्यक्रममा खलका पुर्व अध्यक्ष प्रकाश तथा बासुरी प्रशिक्षक गुरु प्रकाश डंगोलले साँस्कृतिक संरक्षित क्षेत्र तोखाको नाम उच्च कदमको लागि श्री ईन्द्रायणी दापा खलको आयोजनामा सांस्कृतिक प्रदर्शन , लाखेनाच प्रतियोगिता जस्ता ऐतिहासिक कार्य गर्दै यहाँसम्म आइपुगेको बताउदै अझै उत्साहजनकका साथ टाेखाको संस्कृतिलाई निरन्तर जोगाइ अघि बढिरहेको खललाई स्थानीय स्तरबाट उचित संरक्षण गर्नुपर्नेमा जाेड दिदै आयोजित बिबाहित महिला बाँसुरी प्रशिक्षण प्रदर्शनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने संघसंस्थाहरु लगायत उपस्थित सम्पुर्ण प्रशिक्षार्थी दिदीबहिनीहरुमा हार्दिक बदाई तथा शुभकामना दिए। विशिष्ट अतिथी टाेखा नगरपालिका वडा ३ का सदस्य हरि कृष्ण श्रेष्ठले सम्मानित हुने सबै गुरुहरु , महिला बासुरी टिम लगायत र विशिस्ट अतिथिहरुमा बधाई दिदै संस्कृति रक्षार्थ आफ्नो सधै सहयोग रहने प्रतिबद्धताको साथै टाेखाको कला संस्कृतिको विकासको लागि टाेखा नगरपालिका र वडाले संस्कृतिको उत्थानको लागि योजनाबद्ध कार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका सदस्य हेराकाजी डंगोलले ऐतिहासिक सास्कृतिक नगर टाेखाको गौरवको रूपमा रहेको श्री ईन्द्रायणी दाफा खलद्वारा संचालित पहिलो बुहारी बासुरी समुह प्रशिक्षण गर्नु भएको प्रशिक्षार्थी , दापा खल गुरुहरुलाई बधाई दिदै यो क्षण एउटा दापा खलको लागी मात्रै नभए सिङ्गो टाेखा नगरपालिकाकै लागि गौरव गर्न लाएकको क्षण भएको बताउनुभयो।टाेखाको संस्कृतिलाई निरन्तर टेवा पुर्याउन उहाँले स्थानीय देखि माथिल्लो निकाय सम्म धाएर बाजागाजाको लागि आवश्यक बजेटको लागि पहल गरिरहेको बताए । कार्यक्रममा प्रमुख अतिथि नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले ऐतिहासिक प्राचीन संस्कृतिको धनि टोखा परापुर्वकालदेखि नै संस्कृति सम्पदा मौलिक बाजागाजा प्रर्वद्धन व संर्वद्धन गर्ने कार्यमा अटुटरूपमा पाइला चाल्दै आइरहेको ईन्द्रायणी दाफा खलले आज टोखाको इतिहासमा (बिबाह जुईधुंकुपिं भौ मय्जु पिं) विवाहित महिला बाँसुरी प्रशिक्षण , प्रशिक्षण दिने कार्य अत्यन्तै शुभ कार्य भएको बताउनुभयो । यस्तो कार्य इतिहासकै पहिलो भएको र प्रशिक्षक गुरु प्रकाश डंगोलको साथै ईन्द्रायणी दाफा खलका सम्पूर्ण पदाधिकारीहरु प्रती हृदय देखि नै हार्दिक बधाई तथा शुभकामना दिदै ‘ पुन:यस्तो अत्यन्तै गौरव गर्न लायक कार्य निरन्तर अगाडि बढिरहोस् ।”_ भन्नुभयो । इन्द्रायणी दापा खलले वर्षा‌ै देखि भवनको अभावमा खलका पुराना तथा नया बाजागाजाका सामाग्री संरक्षणको अभाव भएको छ। भवनको अभावमा कतिपय बहुमुल्य सरसामान नस्ट भएर गएका छन् ।हाल मनकारी खलका काेषाध्यक्ष भख्योसिंह डंगोलले बिना भाडा / सशुल्क खलको पर्व चलाउन निरन्तर सिङ्गो घर नै दिएर सहयोग गरिरहेका छन् ।भने इन्द्रायणी दापा खलका पुर्व अध्यक्ष मनकारी मनिराज डंगोलका बुवा भिन्देव डंगोलले ९ वर्ष अघि ३ आना जग्गा प्रदान गर्नुभएको थियोे ।इन्द्रायणी दापा खललाई भजन लगायत सांस्कृतिक जात्रामात्रा पर्व चलाउन टाेखा नगरपालिका वडा ३ बाट भवन उपलब्ध गराउने वचन दिएपनी हालसम्म कतै पनि भवन उपलब्ध नभएको खलका अध्यक्ष नाति डंगोलले बताए।

इन्द्रायणी दापा खल:द्वारा आयोजित यो शुभकार्य महिला बासुरी प्रशिक्षणको लागि टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले २० थान बासुरी र १२ वटा धर्ममुनिकारद्वारा लिपिबद्व सरगम किताब, सांस्कृतिक अभियन्ता तथा समाजसेवि मनिराज डंगोलले रु पाँच हजार , समाजसेवि सुकुनारायण डंगोलले र पाँच हजार , नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले रु पाँच हजार , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका सदस्य रबिना श्रेष्ठ र महिला बासुरी प्रशिक्षार्थी सुमिता डंगोलबाट २० थान सालुगु गाचा, महिला बासुरी प्रशिक्षार्थी रजनी डंगोलबाट ४० थान ढाकाको खाडा र महिला बासुरी प्रशिक्षार्थी रन्जिता डंगोलले २० थान सचिका , र सस्कृती कर्मी टाेखाका बाद्यबादक अष्टनारायण श्रेष्ठले १ थान बासुरी सहयोग गर्नुभएको थियो । इन्द्रायणी दापा खलका सचिव सानुराज डंगोलले संचालन गरेको कार्यक्रममा खलका अध्यक्ष नाति डंगोल धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

        
   
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
सम्वत् सम्बन्धी नीति खोइ ?

सम्वत् सम्बन्धी नीति खोइ ?

२०८३ कार्तिक २२, आइतवार
एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

२०८३ कार्तिक २२, आइतवार
पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

२०८३ कार्तिक २१, शनिवार
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

२०८३ कार्तिक २१, शनिवार
दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने अध्ययनको निष्कर्ष

२०८३ कार्तिक १९, बिहीवार
टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

टोखा –४ धापासीमा रैथाने कृषि तथा व्यापार मेला हुँदै

२०८३ कार्तिक १९, बिहीवार
  • छुटाउनुभयो कि? सबै
    सम्वत् सम्बन्धी नीति खोइ ?

    सम्वत् सम्बन्धी नीति खोइ ?

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    एन्जल्स प्याराडाइज स्कुलमा ‘BOTNETIX 2.0’ रोबोटिक्स प्रतियोगिता, २० विद्यालयका २०० बढी विद्यार्थी सहभागी

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol