काठमाडौं ९ चैत / JM 30 ग्रुपले टाेखामा JM 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको विस्तार गरेको छ । JM 30 ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक शैलेन डंगोलले आज टाेखा नगरपालिका वडा ३ स्थित मालपोत कार्यालय अगाडि ज्योति विकास बैंकको भवनमा JM 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको समुद्घाटन गरेका हुन् । बहु राष्ट्रिय कंम्पनी ‘ शुयी कल्चर’ अन्तर्गतको नेपालको सबैभन्दा ठूलो र अग्रणी JM 30 ग्रुपको रुपमा परिचित सो समुहले काठमाडौंकै मुटु टाेखा नगरपालिकामा कम्पनी बिस्तार गरिसकेको छ।


उद्घाटनपछि ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा समाजसेवी शैलेन डंगोलले युवाहरूलाई देशमै रोजगार सृजना गर्दै विभिन्न सेवा सुबिधा मार्फत स्वदेशमै काम गर्न रुचाउने युवाहरूलाई एकीकृत गर्दै काम गर्ने वातावरण मिलाउन अहिले सयौ, हजारौं मानिसलाई रोजगारी दिलाउने उदेश्यका साथ JM 30 ग्रुप संचालनमा आएको डंगोलको भनाइ छ ।
JM 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरका संयोजक बिरेन्द्र महर्जनले अहिलेको प्रतिस्पर्धात्मक बजारमा रेस्टुरेन्ट पारखी उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यले JM 30 ग्रुपले रेस्टुरेन्ट सहितको सेकुवा कर्नर विस्तार गरेको बताए ।

JM 30 ग्रुपले JM 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर संगै हालसम्म म्यानपावर सप्लाइ,ट्रेडिङ /सप्लायर्स लगायत सेवा बिस्तार गरिसकेको JM 30 ग्रुपले पाइपलाइनको रूपमा निकट भबिस्यमै आएल एन्ड ग्यास , मेडिसिन , विद्युती सवारी , रियल स्टेटमा लगानी गर्ने योजना रहेको ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक शैलेन डंगोलले बताउनुभयो ।

जेम 30 ग्रुपका अध्यक्ष समाजसेवी शैलेन डंगोलले गत कार्तिक महिनामा आफ्नो व्यक्तिगत रूपमा रु ५ लाखको लागतमा मौलिक हिति /ढुङ्गेधारा निर्माणको साथै बोरिंग गरि पानी निकाली ढुङ्गे धारा निमार्ण सम्पन्न गरि श्री इन्द्रायणी पिगंद्य खल: गुथी टाेखालाई हस्तान्तरण गरेका थिए ।
शुयी कल्चर एस दि एन बि एच दि मलेसिया अन्तर्गत बहुराष्ट्रिय कंम्पनीहरु नेपालको JM 30 ग्रुप लगायत हाल मेक्सिको , क्यानडा , सिङापुर ,जापान, ब्राजिल ,फ्रान्स ,चीन हङकङ ,भियतनाम र थाइल्यान्ड रहेका छन् । JM 30 रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको उद्घाटन कार्यक्रममा JM 30 ग्रुपका लिडर शैलेन डंगोल ,युगेन गुरुङ,वीरेन्द्र महर्जन,मिलन गुरुङ,शैलेश डंगोल ,सञ्जय डंगोल ,उर्मिला थापा ,विकास महर्जन ,हरविन्द्र श्रेष्ठ ,राजेन्द्र श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थित थियो ।




