काठमाडौँ, २६ पुस :नेवा: मिसा दवु टाेखानगर कमिटी द्वारा अायाेजित एक दिवसिय कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ। पिदीतकाे अाधार कानुनी उपचार भन्ने मुल नाराका समाजसेवा,समाज उत्थानकाे उद्यस्यका साथ स्थापना भएको नेवा: मिसा दबुकाे एक क्रियासिल संगठनकाे नामले परिचित छ नेवा: मिसा दवु।नेवा: मिसा दवु टाेखानगर कमिटी द्वारा अायाेजित एक दिवसिय कानुनी साक्षरता कार्यक्रम नगर कमिटी अध्यक्ष सुमिता महर्जनकाे सभापतित्वमा ,प्रमुख अतिथि टाेखा नगर वडा नं ३ काे वडाध्यक्ष रमेश डंगोल,अतिथि वडा जनप्रतिनिधि यवम नगर कार्यपालिका सदस्य शान्ता राई,जनप्रतिनिधि देवी माया नेपाली अतिथि महाकाव्यकार यवम मातृभाषा अभियान्ता प्रशान्त डंगोल पूर्व टाेखा नगर उप प्रमुख ज्ञानमाया डंगोल,प्रशिक्षक सुशीला श्रेष्ठ लगायतकाे उपस्थितिमा टाेखाकाे अग्रणीय संस्था बालप्रेमी खेल्कुड मण्डलकाे सभाहलमा सम्पन्न भएकाे छ। साे कार्यक्रममा प्रमुख अतिथि यवम वडा नं ३ का अध्यक्ष रमेश डंगोलले नेपालमा कानुनी व्यवस्था १९१० बाट सुरु भएको र कानु सबै जनताले परिपालना गर्नुपर्ने अति अावस्यक नियम समान हकअधिकारकाे प्रत्याभुत गराउन,समाजमा अमानविय गतिविधि राेक्न, अमनचैन गराउन,महिलाजन्य हिंसा अन्त्य गर्न।समाजमा बालबालका ,बृद्धा लगाएतका अवश्थामा आइपर्ने बाधाअद्चन,झैझगडा लगाएतका समस्याहरुकाे समाधान गर्न नै कानुनकाे बिकास भएकाे बताउदै सहभागी सम्पुर्ण लाई कार्यक्रमकाे महत्त्व उच्च रहेकाेले कार्यक्रम अवधि भर ज्ञान अार्ज गरेकाे हलबाट निस्कदै अाफ्नाे जिवनमा परिपालन गर्न अनुराेध गर्दै अायाेजक नेवा: मिसा दबु टाेखा नगर कमिटीलाई महत्त्वपूर्ण कार्यक्रम अायाेजना गरेकाेमा बधाई दिए ।





