काठमाडौं ९ पौष । स्व. हिरामाया लुमन्ती पुच:द्वारा टाेखाका संस्कृतिकर्मी, कलाकार र विद्यार्थीहरु सम्मानित भएका छन् ।
पुचको तेस्रो बार्षिकाेत्सवको अवसरमा बनेपाको श्री चण्डेश्वरी मन्दिरमा आयोजना गरिएको गुँ भ्वये ज्याझ्व: वनभोज तथा सम्मान कार्यक्रममा पुचद्वारा् टाेखाको कला संस्कृतिलाई जोगाउन अहोरात्र खट्नुभै सांस्कृतिक योगदान पुर्याएको भन्दै सो भुमिकालाई कदर स्वरुप सम्मानित गरेका हुन् ।

सम्मानित हुनुहुने संस्कृतिकर्मी श्री इन्द्रायणी दापा खलका जलगाञं गुरु चन्द्रमान डंगोल ,संस्कृतिकर्मी तथा चित्रकार आशाकाजी डंगोल , संस्कृतिकर्मी मुश्खारेश्वर भजन खल: का आजिवन सदस्यद्वय आशामाया डंगोल र इन्द्रमाया डंगोल रहेकी छन् ।

त्यस्तै पुचका परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित सम्मानित हुनुहुने हाल्सालै बिबिएस पास गर्ने रोशनी डंगोल , रेडियोलोजि पास गर्ने सुगम डंगोल , एसइई पास गर्ने अमन महर्जन र हसिना डंगोल रहेकी छन् ।
सम्मानित हुनेलाई पुचका सचिव सबिता डंगोलले टीका र काेषाध्यक्ष रोशनी डंगोलले खाडा र अध्यक्ष सुर्यमान डंगोलले कदर पत्र प्रदान गरेका थिए ।
गुँ भ्वये ज्याझ्व: वनभोज तथा सम्मान कार्यक्रममा पुचका अध्यक्ष सुर्यमान डंगोलले बार्षिक प्रगती आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै संस्थाको संचालक समितिका सदस्य सानुराज डंगोलले कार्यक्रम संचालन गरेको कार्यक्रममा
पुचका उपाध्यक्ष कविन्द्र महर्जनले सिनियर र जुनियर म्युजिकल चिएरमा पहिलो , दोस्रो र तेस्रो हुनेलाई नगद
पुरस्कार प्रदान गरेका थिए ।
गुँ भ्वये ज्याझ्व: वनभोज तथा सम्मान कार्यक्रमका दौरानमा श्री इन्द्रायणी दापाखलको पहिलो प्रस्तुति रहेको नेपालभाषाको गित मचाखाचा छें बुँ त्वता वयाको म्युजिक भिडियो निर्माणार्थ सो गितका गायक तथा पुचका अध्यक्ष सुर्यमान डंगोललाई स्व. हिरामाया लुमन्ती पुच:को तर्फबाट आर्थिक सहयोग स्वरूप पाँच हजार रुपैयाँ गुरु चन्द्रमान डंगोलले हस्तान्तरण गर्नुभएको थियो ।
गुँ भ्वये ज्याझ्व: वनभोज तथा सम्मान कार्यक्रममा संचालक समितिका पदाधिकारीहरु, पदाधिकारीहरु,ऋण उप समितिका पदाधिकारीहरु,महिला उप- समितिका पदाधिकारीहरु पुचका सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो।




