काठमाडाैं, ११ पुस । ने सं ११४४ थिलाथ्व: य: मरी पुन्हि परम्परागत त्यंग: त्वा: खल:काे संयाेजकत्वमा ज्यापू संस्कृति विकास काेषकाे आयाेजकत्वमा वसन्तपुरमा अायाेजित २०अाैं रष्ट्रिय ज्यापू दिवसकाे भव्य समारोहका साथ टोखाका समाजसेवी यवम सास्कृतिक अभियन्ता सुशान्त डंगोल सम्मानित भएका छन् ।
समाजसेवी यवम सास्कृतिक अभियन्ता सुशान्त डंगोललाई नेवा: समाज उत्थान,संस्कृति ,सम्पदा संरक्षण क्षेत्रमा विशेष याेगदान गरेबापत सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) बाट ज्यापू विषेश पदवी द्वारा सम्मानित गरेकाे छ। उनीसहित अन्य विभिन्न विधाहरुमा योगदान गरेका २७ जनालाई पनि सम्मान गरिएको थियो ।
ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवसकाे ११४४ को अवसर पारेर मंगलबार राजधानीको बसन्तपुरमा भव्य समारोहका साथ उनलाई सम्मान गरिएको हो । साे कार्यक्रममा काठमाडौं महानगर पालिका उपप्रमुख सुनिता डंगोलले काम गर्न सिपालु,निरन्तर काम गरिरहन सक्ने विविध सीप,कला, संस्कार ,संस्कृतिको धनी समुदाय लाइनै ज्यापू भनेर चिनिने गरेकाे बताउनुका साथै एक ज्यापू निं बनेर काठमाडौं महानगरबासीकाे बिकासमा विविध जातजातिका कला, संस्कृति,इतिहास,साहित्य उत्थानमा याेगदान गर्न उपप्रमुखकाे बागदाेर सम्हालि रहदा अाफसलाइ गाैरवान्दित महसुस भईरहेकाे बताइन,साथै जनताले दिएको जिम्मेवारी पूरा गर्न आफु किन्चित बिचलित नभइकन अगाडि लम्किरहने वाचा गरे । प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल विविध जातजाति धर्म संस्कृतिले भरिपुर्ण देश भएको र इतिहासमा नाम राख्न सफल नेपालभाषीका रञजनालिपि,भाषा,साहित्य , नेपाल संम्वतहरु अमुल्य गहना भएकाे बताउनुका साथै ।यी गहनाहरुकाे संरक्षणगर्नु प्रत्येक नागरिककाे कर्तव्य हाे ।नेपालकाे अस्तित्व रक्षाकाेलागि महत्त्वपूर्ण भुमिका निर्वाहा गर्दै अाइरहेका छन्। ज्यापू समाजले विभिन्न भुगाेल,देशका जातजाति भाषा,धर्म,संस्कृतिमा अाफ्नाे अमुल्य याेगदान दिएकाहरुलाई सम्मान गरेर आफ्नै माैलिकता जाेगाउन तल्लिन रहेकाे ज्यापू महा गुथिप्रति धन्यवाद भन्नु भयो ।र साे कार्यक्रममा प्रधानमन्त्रीले प्रचण्डले कार्यक्रममा सम्मानित हुनुहुने विभिन्न क्षेत्रका समाजसेवी हरुला बधाई तथा शुभकामना व्यत्क गर्नुका साथै ज्यापू महागुथिलाई सरकारकाे तर्फबाट काेषकाे व्यवस्था गरिदिने वाचा गरे ।