• TOKHA LIVE

    • २६ भाद्र २०८२, बिहीबार १९:१६

    काठमाडौँको कुमारी देवीलाई क्षमापूजासहित इन्द्रजात्रा समापन

     

    नविना श्रेष्ठ

    काठमाडौँ, भदौ २६ । सप्ताहभरको उत्सवमय वातावरणसँगै राजधानीको ऐतिहासिक इन्द्रजात्रा आज अन्तिम चरणमा आइपुगेको छ। यस वर्ष परिस्थिति विशेष भएकाले परम्परागत नानीचा रथयात्रा बिना नै देवी कुमारीलाई क्षमापूजा अर्पण गरेर जात्रा सम्पन्न गरिँदैछ।

    गुठी संस्थानका काठमाडौँ शाखा प्रमुख लक्षुणा शर्माले सम्बद्ध सबै पक्षसँगको छलफलपछि यसपटक जात्राका कर्म संक्षिप्त गर्ने निर्णय गरिएको जानकारी दिए।

    काठमाडौँवासीका लागि इन्द्रजात्रा केवल उत्सव मात्र होइन, आस्था, परम्परा र सहअस्तित्वको प्रतीक हो। यसपालि छोट्याएर मनाइए पनि श्रद्धा, भक्ति र सामूहिकतामा कुनै कमी देखिएको छैन। भक्तजनले कुमारीलाई क्षमा माग्दै भविष्यमा फेरि धुमधामका साथ जात्रा मनाउने आशा व्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै