• TOKHA LIVE

      TOKHA LIVE

    • २६ भाद्र २०८२, बिहीबार १४:१८

    राष्ट्र बैंकको आग्रह : अत्यावश्यक सेवा खुला राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

    काठमाडौँ, २६ भदौ । निषेधाज्ञाबीच पनि आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवा नरोकिने गरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

    राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायक संस्थाले सीमित कर्मचारीमार्फत आवश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा निरन्तरता दिनुपर्ने उल्लेख छ। अन्य प्रणाली भने जोखिमको आधारमा रिमोट सहयोगमार्फत सञ्चालन गर्न सकिने जनाएको छ।

    सूचनामा थप भनिएको छ – शाखा, एटीएम र उपलब्ध सेवाबारे जानकारी आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत तत्कालै सार्वजनिक गर्नुपर्नेछ।राष्ट्र बैंकको यो आग्रहसँगै नागरिकले कम्तीमा अत्यावश्यक बैंकिङ सुविधा निरन्तर पाउने अपेक्षा गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै