काठमाडौँ, २६ भदौ – भाद्र २३ देखि २५ गतेसम्मका विरोध प्रदर्शनका क्रममा नियन्त्रणमा परेका हातहतियार, सवारी साधन, सञ्चार सामग्री र अन्य भौतिक साधन फिर्ता गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्ता वस्तुहरू फेला पारेमा नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ। साथै प्रहरी कन्ट्रोल १००, टोल–फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मार्फत पनि जानकारी दिन सकिने उल्लेख छ।
प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीका पोशाक दुरुपयोग नगर्न र त्यसम्बन्धी सूचना उपलब्ध गराउन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीको भनाइअनुसार, यस्तो सहयोगले शान्ति,सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेछ।


