• TOKHA LIVE

    • २६ भाद्र २०८२, बिहीबार १२:३८

    त्रिविको पठनपाठन छठपर्वपछि मात्र

    काठमाडौँ, २६ भदौः मुलुकको असामान्य परिस्थितिले गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कक्षाहरू अझै केही समय सुरु हुन सकेका छैनन् । विश्वविद्यालयले आज सार्वजनिक गरेको सूचनामा अब कात्तिक ११ गते छठपर्व सकिएपछि मात्रै पठनपाठन सुरु हुने उल्लेख गरिएको छ।

    सूचनामा भनिएको छ, “विद्यमान परिस्थितिका कारण तत्काल कक्षा सञ्चालन सम्भव नभएकाले यसपालि हिउँदे बिदाबाट कटौती गरेर मात्र पठनपाठन अघि बढाइनेछ।”

    यस निर्णयसँगै हजारौँ विद्यार्थीको अध्ययन तालिका फेरि पछाडि धकेलिएको छ। शिक्षण गतिविधि रोकिँदा विद्यार्थीहरूको भविष्यप्रति चिन्ता थपिएको छ भने अभिभावकहरू समेत छोराछोरीको पढाइमा ढिलाइ हुने हो कि भन्ने पीरमा परेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै