काठमाडौँ, २६ भदौः
देशभर आज सामान्यतया आकाश बदली रहने अनुमान गरिएको छ। मनसुन सक्रिय रहेकाले विभिन्न प्रदेशका पहाडी तथा तराईका भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा पर्न सक्ने पूर्वानुमान छ। त्यस्तै, मधेस र तराईका केही स्थानमा समेत पानी पर्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले विशेषगरी कोशी प्रदेशको पहाडी भू–भाग, गण्डकी र लुम्बिनीका तराई क्षेत्र, साथै मधेस प्रदेशका कतिपय स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।
वर्षासँगै भूस्खलन, बाढी तथा अवरोधको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

