• TOKHA LIVE

    • २५ भाद्र २०८२, बुधबार १८:०७

    जेनजीबीच सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति

    काठमाडौँ, २५ भदौ – देशभर जारी आन्दोलनका बीच जेनजी पुस्ताका युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति जनाएका छन्।

    डिस्कोर्डमार्फत भएको खुला मतदानमा ७,७१३ मत खसेकोमा कार्कीले ३,८३३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन्। दोस्रोमा २,०२२ मतसहित ‘र्यान्डम नेपाली’ विकल्प रह्यो भने सागर ढकालले १,०९८ मत पाए। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।

    यसअघि करिब पाँच घण्टा लामो छलफलपछि जेनजीहरूले कार्कीलाई साझा उम्मेदवारको रूपमा अघि सार्ने निर्णय गरेका थिए। प्रत्यक्ष संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको छ। कार्कीले पनि आवश्यकता परे नेतृत्व लिन तयार रहेको स्पष्ट पारेकी छन्।

    स्रोतका अनुसार सेनाले समेत कार्कीसँग सम्पर्क गरेर सम्भावित अन्तरिम सरकारबारे छलफल गरिसकेको छ। अब जेनजी टोली कार्कीको नामसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने तयारीमा छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै